जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आजदेखि तीन इन्स्योरेन्स कम्पनीले हिमालयन लाइफको नामबाट एकिकृत कारोबार शुरु गर्दै

आजदेखि तीन इन्स्योरेन्स कम्पनीले हिमालयन लाइफको नामबाट एकिकृत कारोबार शुरु गर्दै

यूनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भइ आज बैशाख २६ गतेदेखि एकिकृत कारोबार शुरु गर्दैछन् । यी तीन कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणबाट बैशाख १३ गते अन्तिम स्वीकृति पाएका थिए । सोही अनुरुप यी कम्पनीले एकिकृत कारोबारका लागि मिति तय गरेका हुन् । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न लागेका हुन् । यी तीन कम्पनी बराबरी हैसियतमा गाभिन लागेका हुन् ।

यूनियन र प्राइमको बैशाख ६ गते सम्पन्न विशेष साधारणसभाबाट र गुराँस लाइफको पनि बैशाख ६ गते नै सम्पन्न वार्षिक साधारण सभाबाट यी तिनै कम्पनीले मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । नेपाल धितोपत्र बोर्डले यी तिन कम्पनीलाई बैशाख १९ तथा कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

मर्जर पश्चात बन्ने कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको कार्यालय रहेको स्थानमा रहने जनाइएको छ । एकिकृत कारोबार सुरु गर्नको लागि डाटा माइग्रेसनाको काम गर्नु पर्ने भएकोले वैशाख २३, २४ र २५ गतेसम्म ३ वटै कम्पनीले प्रदान गर्ने सम्पूर्ण बीमा सेवाहरु बन्द थियो ।

प्राइम लाइफ र गुराँस लाइफ २०६४ सालदेखि संचालनमा आएका हुन् भने यूनियन लाइफ इन्स्योरेन्सले २०७४ सालदेखि जीवन बीमा व्यवसाय प्रारम्भ गरेको थियो । हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड छ । अहिले प्रस्तावित १३ प्रतिशत बोनश शेयर वितरण पछि चुकता पूँजी तीन अर्ब १४ करोड पुग्छ । त्यस्तै युनियनको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ छ । प्रस्तावित ८.६५ प्रतिशत बोनस शेयर वितरण पछि चुक्ता पूँजी २ अर्ब ३३ करोड पुग्नेछ । साथै गुराँसको २ अर्ब २३ करोड रुपैयाँ रहेको छ । अव मर्जर पछि ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।

795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका