जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विश्वकपमा बेटिङ गराउने गिराेहका एजेन्ट पक्राउ

विश्वकपमा बेटिङ गराउने गिराेहका एजेन्ट पक्राउ

कतारमा जारी विश्वकप फुटबलमा बेटिङ गराइरहेको अन्तर्राष्ट्रिय कम्पनी वन एक्स बेटको स्थानीय एजेन्ट भएको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले लमजुङको सुन्दर बजार घर भई काठमाडौंको टोखा बस्दै आएका २६ वर्षीय सुजन गौलीलाई पक्राउ गरेको हो। उनले कमिसनबापत २५ प्रतिशत रकम पाउने लोभमा एजेन्ट बन्दै काम गरेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार गौलीले २ करोड ३६ लाख ३३ हजार एक सय ३८ रुपैयाँ कारोबार गरेको देखिएको छ भने ७ करोड ७२ लाख ८९ हजार ४६ रुपैयाँ कारोबार गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

1415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका