जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • पौडेल अर्थमन्त्री हुने भएसँगै शेयरबजारमा उछाल, फाइनान्स र हाइड्रोमा लगानीकर्ताको आकर्षण

पौडेल अर्थमन्त्री हुने भएसँगै शेयरबजारमा उछाल, फाइनान्स र हाइड्रोमा लगानीकर्ताको आकर्षण

सोमबार शेयरबजार परिसूचक नेप्सेमा उछाल आएको छ। आज नेप्से सूचक ५६.८८ अंकले बढेर १९२४.०९ को बिन्दुमापुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २५० कम्पनीका ५६ लाख ५३ हजार ५३ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९ सय ४१ रुपैयाँ ३५ पैसाको कारोबार भएको छ । जस मध्ये नेपाल टेलिकमको सर्वाधिक २० करोड ८८ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ११ करोड ११ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ५ बाहेक सबै कम्पनीको शेयर मूल्य बढेको छ । आज फाइनान्स समुह सर्वाधिक ६.५२ प्रतिशतले बढेको छ भने हाइड्रो समुह ५.१६ प्रतिशत बढेको छ । आज अन्य समुहको समुहगत सूचक मात्र घटेको छ । आज नेपाल टेलिकमको शेयर मूल्य सर्वाधिक ५.५६ प्रतिशतले घटेको छ भने सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य ४.६७ प्रतिशत घटेको छ ।

अर्थमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल नियुक्त हुने भएसँगै बजारमा उछाल आएको हो । यस अघि विष्णु पौडेल अर्थमन्त्री हुँदा नै शेयरबजार ऐतिहासिक बिन्दुमा पुगेको थियो । सोहि कारण लगानीकर्ताले विष्णु पौडेललाई अर्थमन्त्रीको रुपमा रुचाउने गरेका छन् । साथै अब एमालेको अर्थमन्त्री आएपछि गभर्नरसँग पनि ‘ट्युनिङ’ मिल्ने र बजार मैत्री नीति आउने अपेक्षामा लगानीकर्ता छन् ।

1755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?