जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जनरल इन्स्योन्सको नाफा ३२ दशमलव ९० प्रतिशत बढी   

जनरल इन्स्योन्सको नाफा ३२ दशमलव ९० प्रतिशत बढी   

जनरल इन्स्योरेन्स कम्पनी नेपालले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४१ करोड ६१ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले आइतवार सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार यस वर्ष गत वर्षभन्दा १०३ प्रतिशत बढी बीमाशुल्क आर्जन गरेको हो ।

गत वर्ष यस अवधिमा कम्पनीले रू. २० करोड ५० लाख मात्र कुल बीमाशुल्क आर्जन गरेको थियो । गत वर्ष यस अवधिसम्म १९ हजार ७६८ बीमालेख जारी गरेको कम्पनीले यस वर्ष सोेहि अवधिसम्म ४० हजार ६५७ बीमालेख जारी गरेको छ । गत वर्ष १४० जनालाई रू. ७८ लाख दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष ९४४ जनालाई रू. ८ करोड ९३ लाख दाबी भुक्तानी गरेको छ ।

यस वर्ष गत वर्षभन्दा कम्पनीको नाफा ३२ दशमलव ९० प्रतिशत बढी भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म रू. २ करोड ३१ लाख खुद नाफा गरेको कम्पनीले यस वर्ष सोहि अवधिमा रू. ३ करोड ७ लाखमात्र खुद नाफा गरेको हो । यस वर्ष आम्दानी ४१ दशमलव ६६ प्रतिशत बढी रू. ५ करोड ९५ लाख भएको कम्पनीले खर्च ५२ दशमलव ३८ प्रतिशत बढी रू. २ करोड ८८ लाख गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ९० प्रतिशत बढी रू. ३ करोड ७६ लाख र बीमा कोष रकम ८७ प्रतिशत बढी रू. ४ करोड ११ लाख कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ५ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ८४ छ ।

8335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका