जोडिनुहोस
शनिबार, बैशाख २९, २०८१
शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • मन्दी र शिथिलतालाई नेपाल भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुनेछः गभर्नर

मन्दी र शिथिलतालाई नेपाल भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुनेछः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रको मन्दी र शिथिलतालाई नेपालमा भित्रिन नदिनु नै यो वर्षको उपलब्धि हुने बताउनुभएको छ । विश्वभरमै पर्नसक्ने आर्थिकमन्दीको असरबाट जोगिनु नै नेपालका लागि उपलब्धिपूर्ण हुने उहाँले बताउनुभयो ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै अधिकारीले संसार मन्दीको वातावरणमा गएको बताउनुभयो ।

सन् २०२१ को भन्दा २०२२ मा विश्वको आर्थिक वृद्धि संकुचित भएको भन्दै उहाँले सन् २०२३ मा झनै संकुचन आउने प्रक्षेपण रहेको बताउनुभयो ।

मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थिरता कायम राख्ने र वित्तीय स्थायित्व कायम नगर्दासम्म दिगो विकास हासिल गर्न नसकिने उहाँको भनाइ छ । यस्तो असरलाई नेपालमा पर्न नदिनु नै यो वर्षका लागि ठूलो चुनौती हुने उहाँले बताउनुभयो ।

1430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका