जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लक्ष्मी केयर्सद्वारा ट्रिब्युट टु लिजेन्ड्स सांगितिक कार्यक्रम आयोजना

लक्ष्मी केयर्सद्वारा ट्रिब्युट टु लिजेन्ड्स सांगितिक कार्यक्रम आयोजना

लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित तथा सञ्चालित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सको आयोजनामा ट्रिब्युट टु लिजेन्ड्स नामक सांगितिक कार्यक्रम सम्पन्न भएको छ । वरिष्ठ गायक दिपक खरेलको सम्मानमा आयोजित कार्यक्रममा गायक खरेलले करिब ३०० दर्शक श्रोतामाझा आफ्नो एकल प्रस्तुत गर्नुभएको थियो ।

विभिन्न कर्पोरेट संस्थाका विशिष्ट व्यक्तिहरुका साथसाथै संगीतका पारखीहरुको उपस्थिति रहेको कार्यक्रम गाला डिनरका साथ सम्पन्न भएको थियो । कार्यक्रमको आयोजनाबाट प्राप्त रकम लक्ष्मी केयर्सले सामाजिक कार्यमा उपयोग गर्नेछ ।

सन् २०१९ मा वरिष्ठ गायक दिप श्रेष्ठको एकल गायनका साथ सुरु भएका ट्रिब्युट टु लिजेन्ड्स श्रृंखलाको यो दोस्रो संस्करण हो ।

4385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका