जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • १३ संस्थालाई गाभेको प्रभुले मंगलबार सेञ्चुरीसँग एकीकृत कारोबार गर्दै

१३ संस्थालाई गाभेको प्रभुले मंगलबार सेञ्चुरीसँग एकीकृत कारोबार गर्दै

प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार पुस २६ गतेदेखि सुरू हुने भएको छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गरेर प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने भएको हो । प्रभु बैंक र सेञ्चुरी बैंकबीच स्वाप रेसियो १ः१ अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् मर्जर पश्चात् सेञ्चरी बैंकको १ सय कित्ता सेयर हुने सेयरधनीहरूले प्रभु बैंकको पनि १ कित्ता नै सेयर पाउनेछन् ।

सञ्चालक समिति र व्यवस्थापन समिति

मर्जर पश्चात् बन्ने बैंकको सञ्चालक समितिको पनि टुंगो लागेको छ । प्रभु बैंकबाट ४ जना र सेञ्चुरी बैंकबाट ३ जना गरी कूल ७ सदस्यीय सञ्चालक समिति बन्ने भएको छ ।

प्रभु बैंकबाट लिला प्रकाश सिटौला, रमेश सिंह खड्का, शंकर प्रसाद कालिकोटा, रामेश्वर सापकोटा सञ्चालक बन्नेछन् । प्रभु बैंकबाट ३ जना सञ्चालक बाहिरिने छन् ।

यस्तै, सेञ्चुरी बैंकबाट मन बहादुर राई, अभिषेक बज्राचार्य र गीता प्रधान सञ्चालक बन्नेछन् । सेञ्चुरी बैंकबाट अध्यक्ष रहेका राजेश कुमार श्रेष्ठ र रण बहादुर श्रेष्ठ भने बाहिरिने भएका हुन् ।

मर्जर पश्चात् बन्ने बैंकको अध्यक्ष अहिलेसम्म टुंगो नलागेको भएपनि प्रभु बैंकका अध्यक्ष रहेका लिला सिटौला बन्ने सम्भवाना रहेको छ । सञ्चालक मन बहादुर राईका अनुसार सञ्चालक समितिको टुंगो लागेपनि अध्यक्षको भने एकीकृत कारोबार पश्चात् टुंगो लाग्नेछ ।

मर्जर पश्चात् बन्ने बैंकको व्यवस्थापन नेतृत्वको पनि टुंगो लागिसकेको छ । मर्जर पश्चात् प्रभु बैंकका अशोक शेरचन प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सहमति भएको छ । यस्तै, सेञ्चुरी बैंकका सीईओ रहेका मनोज न्यौपाने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बन्नेछन् ।

तल्लो तहको कर्मचारी व्यवस्थापन आन्तरिक रुपमा भइरहेको उनले बताए । सीईओ न्यौपाने सेञ्चुरी बैंक करारमा नियुक्त भएका थिए । तर, मर्जर पश्चात् उनी डेपुटी सीईओमा स्थायी हुने नियुक्त हुनेछन् ।

‘सेञ्चुरी बैंकका सीईओ न्यौपानेलाई सिनियर डेपुटी सीईओमा स्थायी पदमा हालको सेवा सुविधा नघट्ने गरी व्यवस्थापन गरिएको छ, अन्य कर्मचारीलाई पनि हाल जुन पद छ सोही पदमा रहने गरी सेवासुविधा नघट्ने गरी सेञ्चुरी बैंकबाट प्रभु बैंकका कर्मचारी हुनेछन्, उहाँहरुको पदावधि सेञ्चुरीबाट नै गणना हुने सहमति भएको छ, अहिलेसम्म कुनै कर्मचारीले बाहिरिने निर्णय गरेका छैनन्, भिआरएस कर्मचारीले माग गरे भने जारी गर्ने हो तर अहिले कुनै माग आएको छैन,’ उनले भने ।

मर्जर पश्चात् यस्तो बन्नेछ बैंक

मर्जर पश्चात् बैंकको चुक्ता पूँजी २३ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ । हाल प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड र सेञ्चरी बैंकको १० अर्ब रूपैयाँ छ ।

मर्जर पश्चात् बैंकको चुक्ता पूँजी निक्षेप २ अर्ब ७७ करोड रुपैयाँ र कूल कर्जा २ खर्ब ३४ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । बैंकको शाखा सञ्जाल ३४१ वटा र २९६ वटा एटिएम मेसिन पुग्नेछन् । सेञ्चुरी बैंकको १ हजार १४३ जना र प्रभु बैंकका २ हजार ४१२ जना कर्मचारी रहेका छन् । मर्जर पश्चात् ३ हजार ५५५ जना कर्मचारी संख्या पुग्नेछ ।

दुवै बैंकको एकीकृत कारोबा मंगलबार विहान १० बजे प्रभु बैंकको केन्द्रिय कार्यालयमा हुनेछ । प्रभु बैंकका पूर्व अध्यक्ष देवी प्रकाश भट्टचनको प्रमुख आतिथ्यतामा संयुक्त कारोबार हुने भएको हो । दुबै बैंकको पुस १४ गते बसेको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले मर्जरका लागि पुस १९ गते अन्तिम स्वीकृति दिएको थियो ।

बैंकको केन्द्रिय कार्यालय प्रभु बैंकको हालको केन्द्रिय कार्यालयलाई तोकिएको छ । प्रभु बैंकका पूर्व अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य देवीचन्द्र भट्टचनले दुवै बैंकको संयुक्त कारोबार गर्ने भएका हुन् । बैंकको केन्द्रिय कार्यालय प्रभु बैंकको हालको केन्द्रिय कार्यालयलाई तोकिएको छ । प्रभु बैंकका पूर्व अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य देवीचन्द्र भट्टचनले दुवै बैंकको संयुक्त कारोबार गर्ने भएका हुन् ।

प्रभु विकास बैंक, प्रभु फाइनान्स र वैभव फाइनान्सबीच २०७० असार ३० गते एकीकृत कारोबारपश्चात् प्रभु विकास बैंक सञ्चालनमा आएको थियो । साथै सो बैंकले २०७१ मंसिर ५ गते जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्ति गरेको थियो । यस्तै, प्रभु बैंक २०७३ माघ २ गते ग्राण्ड बैंक नेपालसँग मर्जर भएको थियो ।

यस्तै, सेञ्चुरी बैंकले हालसम्म विभिन्न ५ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरेको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई वि.स. २०७४ मंसिर २२ गते एकैदिन प्राप्ति गरेको थियो । त्यसअघि बैंकले सगरमाथा फाइनान्सलाई वि.सं. २०७४ असार ३१ गतेका दिन प्राप्ति गरेको थियो । बैंकले शुरुमा २ वटा बैंक इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनीको डेभलपमेन्ट बैंकलाई सोही वर्ष जेठ २८ गते प्राप्ति गरेको थियो ।

1675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?