जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार शुरु, अध्यक्षमा पृथ्वीबहादुर पाँडे चयन

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार शुरु, अध्यक्षमा पृथ्वीबहादुर पाँडे चयन

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार शुरु भएको छ ।

दुवै बैंक मर्ज भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट बुधबार कारोबार शुरु भएको भएको हो । एकीकृत बैंकका अध्यक्षमा पृथ्वीबहादुर पाँडे सर्वसम्मत चुनिएका छन् । बुधबार बिहान बसेको सन्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो ।

मर्जरपश्चात बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब, कुल पुँजी ५८ अर्ब, कुल निक्षेप ३ खर्ब ६० अर्ब, कुल कर्जा ३ खर्ब २९ अर्ब रहेको छ ।

एकीकृत कारोबारसँगै २९६ वटा शाखा रहने बैंकको एक्सटेन्सन काउन्टर ५९ वटा रहेका छन् । २७९ वटा एटीएम रहेको बैंकले ३० लाख ग्राहकलाई सेवा दिने जनाएको छ । इन्भेष्टमेन्ट र मेगा बैंक १००:९० अनुपातमा मर्ज भएका हुन् ।

इन्भेष्टमेन्ट र मेगा बैंकबीच मंसिर १३ गते एक आपसमा गाभ्न गाभिनका लागि अन्तिम सम्झौता भएको थियो ।

एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष पाण्डेले इन्भेष्टमेन्ट बैंकको ३६ बर्ष र मेगा बैंकको १२ बर्षको अनुभव एकीकृत भएको बताए ।

1845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका