जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरेको पाइए कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरेको पाइए कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा लगानी गर्ने कुनै पनि कार्य गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।

राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै कुनै पनि व्यक्तिले कुनै पनि किसिमले विदेशमा लगानी हुने गरी कुनै पनि कार्यहरु नगर्न निर्देशन दिएको हो। त्यस्ता कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी पनि केन्द्रीय बैंकले दिएको छ।

विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १०कले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको छ। सोही ऐनको दफा ९गले राष्ट्र बैंकले तोकिएको व्यवस्थाबमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको छ।

त्यसैले विदेशमा घर–जाग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद, विदेश बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्नेलगायतका पुँजीगत प्रकृतिका कारोबार (सोसम्बन्धी प्रचार–प्रसारसमेत) गर्न राष्ट्र बैंकले आग्रह गरेको छ। त्यस्ता कार्य गर्ने गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने राष्ट्र बैंकले चेतावनी दिएको छ।

1620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका