जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सुन तस्करी प्रकरण : पूर्वसभामुख महरासँग जाँचबुझ आयोगले लियो डेढ घण्टा बयान

सुन तस्करी प्रकरण : पूर्वसभामुख महरासँग जाँचबुझ आयोगले लियो डेढ घण्टा बयान

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ। आयोगले बिहिबार दिउँसो महरालाई सिंहदरबारमा बोलाएर करिब डेढ घण्टा बयान लिएको हो।

भेप भित्रको ९ किलो सुन प्रकरणमा मुछिएका पूर्वसभामुख महरालाई तस्करी र चिनियाँ नागरिकसँगको सम्बन्धबारे प्रश्न गरिएको स्रोतले जानकारी दिएको छ।

२०७९ पुस १० गते फ्लाई दुबईबाट ल्याएको भेपभित्रको ९ किलो सुनमा महराको सुन ल्याउने चिनियाँ नागरिकसँग सम्पर्क देखिएको थियो। फोनमा उनीहरुबीच सम्वाद भएको प्रहरी अनुसन्धानमा खुलेपनि महरालाई यस प्रकरणमा प्रतिवादी बनाइएको थिएन।

महराले बयानमा आफूले चिनियाँ नागरिकलाई चिने पनि सुन तस्करीबारे जानकारी नभएको बताएको आयोगका एक सदस्यले बताए।

भेपभित्रको ९ किलो सुन प्रकरणमा महराका छोरा राहुलसहित केही अभियुक्त अहिले पुर्पक्षका लागि थुनामा छन्। गत साउन २ गते ब्रेक शुभित्र राखेर तस्करी गरिएको ६१ किलो सुन समातिएपछि छानबिन गर्न सरकारले असोज १४ गते पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगको म्याद २ पटक थप गरिसकिएको छ।

2935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका