जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बीमा प्राधिकरणको निर्देशनपछि लुम्बिनी जनरलको लाभांश संशोधन,

बीमा प्राधिकरणको निर्देशनपछि लुम्बिनी जनरलको लाभांश संशोधन,

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्तावित लाभांश दरमा नेपाल बीमा प्राधिकरणले संशोधनको निर्देशन दिएको थियो। कम्पनी सञ्चालक समितिको मंगलबार भएको बैठकले लाभांशमा संशोधन गरी चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश गरी कुल ६.९९ प्रतिशत वितरण गर्ने निर्णय गरेको छ।

यसअघि कम्पनीले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

पछिल्लो पटक संशोधित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुने कम्पनीले जनाएको छ।

1825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका