जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त संस्था घोषणा भएको सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिने भएको छ । राष्ट्र बैंकले आगामी आइतबारदेखि संस्थाको व्यवस्थापन नियन्त्रणमा लिने भएको हो ।

केन्द्रीय बैंकले तीन सदस्यीय नेतृत्व टोली गठन गरी संस्थाको व्यवस्थापन नियन्त्रणमा लिने भएको स्रोतले जनाएको छ ।
नियन्त्रणपश्चात् संस्थाको व्यवस्थापनको जिम्मेवारी राष्ट्र बैंकका उप निर्देशक दिपक पोखरेलले गर्ने छन् ।

व्यवस्थापन टिममा सहायक निर्देशक रेवती पौडेल र निरज दाहाल रहने छन् । राष्ट्र बैंकले बनाएको उक्त टिम आइतबार नै संस्थाको केन्द्रीय कार्यालय तुलसीपुर, दाङमा जाने राष्ट्र बैंक स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले २०७८ असोज मसान्तको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणबाट उक्त संस्थामा रहेका अध्यक्ष तथा सदस्यहरुले कानून विपरित काम गरेको प्रमाण फेला पारेको जनाएको थियो ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष संलग्न भई संस्थाको हित विपरित व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गरेको भेटेको थियो । यस्तै, लुघुवित्तको प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक थियो ।

उक्त लघुवित्तलाई राष्ट्र बैंकले २०७८ चैत २ गते बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावलीअनुसार कम्पनीलाई समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेस गर्न निर्देशन दिएको थियो ।

संस्थाले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएपछि राष्ट्र बैंकले उक्त लघुवित्तलाई गत भदौ २२ गते समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको थियो ।

2025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका