जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार १२ गतेबाट

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार १२ गतेबाट

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्तिको प्रक्रिया पुरा गरेर फागुन १२ गतेदेखि एकीकृत कारोबार हुने भएको छ ।

शुक्रबारदेखि ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुने भएको छ । प्राप्ति पश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादीमा रहनेछ ।

हिमालयन बैंकका सम्पूर्ण शाखा कार्यालयहरु सिस्टम अपग्रेसन तथा डेटा माईग्रेसनका लागि फागुन ८ गते सन्ध्याकालिन काउन्टर सेवा, १० गते बुधबार र १५ गते बिहीबा बन्द रहने भएको छ ।

सिभिल बैंकका सम्पूर्ण शाखा कार्यालयहरु ८ गते सोमबार देखि ११ गते बिहीबारसम्म बन्द रहने छन् । सिभिल बैंक लिमिटेडका शाखा कार्यालयहरु आइतबार सुचारु रहने छन् ।

सो अबधिमा हिमालयन बैंकबाट जारी भएको एटीएम कार्डहरु (डेबिट, क्रेडिट तथा प्रिपेड) मार्फत हुने कारोबारहरु सुचारु रहनेछन् ।

सिभिल बैंकबाट जारी भएको एटीएम कार्डहरु (डेबिट, क्रेडिट तथा प्रिपेड) मार्फत हुने कारोबारका साथै दुबै बैंकका मोबाईल बै‌किङ एप र इन्टरनेट बै‌किङ सेवा उक्त अवधिमा बन्द रहने भएको छ ।

एकिकृत कारोबार पश्चात सिभिल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने भएकाले आफ्नो नजिकको शाखामा गई नयाँ खाता नम्बर लिनुहुन अनुरोध गरिएको छ ।

 

2330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका