जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • एनएमबि लघुवित्तले संचालनमा ल्यायो क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली

एनएमबि लघुवित्तले संचालनमा ल्यायो क्रेडिट एक्स ऋण अटोमेसन प्रणाली

एनएमबि लघुवित्त वित्तीय संस्थाले एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली सञ्चालनमा ल्याएको छ । सो सम्बन्धी आज सक्झौता भएको छ । संस्थाका प्रमुखकार्यकारी अधिकृत आनन्द पाण्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले सम्झौतामा हस्ताक्षर गरे ।

अटोमेसन प्रणालीले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्छ । क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनीसँगै लघुवित्त संस्थाले पूर्ण रूपमा कागज निर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुनेछन् ।

यसले प्रणालीभित्र जोखिम प्यारामिटर अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्न पनि सहयोग पु¥याउनेछ । यसले लघुवित्त संस्थालाई द्रुतगतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्नेछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्तर्गत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको हो । यो स्वायत्त प्रणाली सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथै विषयगत प्यारामिटर मानकीकरणको रूपमा पनि रहेको संस्थाले जनाएको छ ।

4610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका