जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • झण्डै चार करोड बिगो माग गरिएका श्याम परदेशी ५ लाख धरौटीमा छुटे

झण्डै चार करोड बिगो माग गरिएका श्याम परदेशी ५ लाख धरौटीमा छुटे

विशेष अदालतले सर्लाहीका कुख्यात मिटरब्याजी श्याम परदेशीलाई रिहा गर्न आदेश दिएको छ । श्यामकृष्ण साह वास्तविक नाम भएका उनलाई श्रीकान्त पौडेल, सालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले ५ लाख रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता गरेपछि परदेशी अदालतमा हाजिर भएका थिए । त्यसपछि अदाललते थुनछेक आदेश सुनाएको हो ।

विभागले परदेशीविरुद्ध ३ करोड २० लाख ९२ हजार ६ सय ५८ र उनकी श्रीमती मञ्जु देवीविरुद्ध ६५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।
विशेष अदालतको आदेशसँगै उनले ५ लाख धरौटीमै छुटकारा पाएका छन् ।

810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका