जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रुडेन्सियल र नेपाल इन्स्योरेन्सले ‘गैरकानुनी’ बीमा बेचेको खुलासा

प्रुडेन्सियल र नेपाल इन्स्योरेन्सले ‘गैरकानुनी’ बीमा बेचेको खुलासा
प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले गैरकानुनी रुपमा उधारोमा बीमा बेच्ने गरेको खुलासा भएको छ । बीमा प्राधिकरणको स्थलगत सुपरिवेक्षणका क्रममा यस्तो भेटिएको हो । गैरकानुनी रुपमा उधारो बीमा गरेको भेटिएपछि प्राधिकरणले यी दुई कम्पनीलाई कारवाही प्रक्रियासमेत अगाडी बढाएको छ ।
बीमा प्राधिकरणका एक उच्च अधिकारीले दुई बीमा कम्पनीलाई कारवाही प्रक्रिया अगाडी बढाइएको पुष्टी गरे । ‘उधारो बीमा गरेको पाइएपछि प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सलाई कारवाही प्रक्रिया अगाडी बढाइएको छ ।’ ती अधिकारीले अर्थ सरोकारसँग भने -‘प्राधिकरणले २ वर्षअघि नै स्प्रष्ट रूपमा उधारो बीमा लेख बिक्री नगर्न निर्देशन दिइसकेको भए पनि अहिले पनि उधारोमा बीमा गरिएको भेटिएको छ । कानुनअनुसार कम्पनीलाई नगद जरिवाना हुन्छ । प्रचलित कानुन अनुसार प्राधिकरणले दुवै बीमा कम्पनीलाई २-२ लाख जरिवाना गराउनेछ ।’
आफुसँग ठुलै अधिकार भए पनि हाललाई भने २ लाख जरिवाना तिराएर दुई कम्पनीले गरेको गैरकानुनी कामलाई उन्मुक्ति दिने तयारी प्राधिकरणको छ । ‘हुन त यी दुई कम्पनीलाई जरिवाना तिराउने मात्र होइन, शाखा विस्तारमा रोक लगाउने, कारोबार रोक्का गर्ने, र लाभांश वितरणमा समेत रोक्का गर्न सक्ने अधिकार प्राधिकरणसँग छ । तर तत्कालका लागि भने २ लाख रुपैयाँ जरिवाना तिराउने भन्ने आन्तरिक तयारी छ ।

1315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका