जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सूर्या लाइफ इन्स्योरेन्सले तीन महिनामा कमायो २० करोड ७३ लाखभन्दा बढी नाफा

सूर्या लाइफ इन्स्योरेन्सले तीन महिनामा कमायो २० करोड ७३ लाखभन्दा बढी नाफा

चालू आर्थिक वर्षको तीन महिनामा सूर्या लाइफ इन्स्यो्रेन्स कम्पनी लिमिटेडले रू. २० करोड ७३ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ८२ दशमलव ५४ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ११ करोड ३५ लाखभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको आम्दानी १२३ दशमलव ७४ प्रतिशत बृद्धि भएसँगै खुद नाफामा बृद्धि भएको हो । गत वर्ष रू. १८ करोडभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ४० करोडभन्दा बढी गरेको हो । कम्पनीको खर्च पनि यस वर्ष गत वर्षभन्दा १९३ दशमलव ६७ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ६ करोड ६९ लाख खर्च गरेको कम्पनीले यस वर्ष रू. १९ करोड ६५ लाखभन्दा बढी खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५५ करोड २ लाख ८२ हजार रहेको छ भने जगेडा कोष रकम रू. ७१ करोड २२ लाखभन्दा बढी रहेको छ । कम्पनीको जीवन बीमा कोष रकम करिब ३० प्रतिशत बढेर रू. १४ अर्ब ९२ करोडभन्दा बढी कायम भएको छ ।

कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षभन्दा १६ दशमलव ३७ प्रतिशत बढी रू. १ अर्ब ३२ करोड ४४ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । कुल दाबी भुक्तानी रकम पनि गत वर्षभन्दा ७३ दशमलव ७० प्रतिशत बढी रू. ३३ करोड ५४ लाख भएको छ । प्रतिशेयर आम्दानी रू. ३२ दशमलव ५२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव २२ रहेको छ ।

3580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका