जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • वित्तीय साक्षरताकाे अर्थ सेवाकाे विज्ञापन हाेइन भन्दै राष्ट्र बैंकले जारी गर्‍याे मार्गदर्शन

वित्तीय साक्षरताकाे अर्थ सेवाकाे विज्ञापन हाेइन भन्दै राष्ट्र बैंकले जारी गर्‍याे मार्गदर्शन

बै‌ंक तथा वित्तीय संस्थाले संचालन गरेकाे वित्तीय साक्षरता सम्बन्धी अभियान प्रभावकारी नभएकाे गुनासाे आएपछि नेपाल राष्ट्र बै‌ंकले मार्गदर्शन नै जारी गर्नुपरेकाे छ। केन्द्रीय बैंकले वित्तीय साक्षरता मार्गदर्शन २०७९ जारी गरेकाे हाे ।

राष्ट्र बैंकले इजाजत प्राप्त संस्था (बैंक र फाइनान्स) ले वित्तीय साक्षरता सम्बन्धी अध्ययन सामग्री सम्प्रेषण गर्दा आफ्ना सेवाको विज्ञापन गर्ने, ब्राण्डिंग गर्ने, व्यापारीक अभियान स‌ंचालन गर्ने नभई मूलतः उपयोगी वित्तीय ज्ञान तथा सीप विकास गर्नेमा केन्द्रित हुन निर्देशन दिएकाे छ।

राष्ट्र बैंकले वित्तीय साक्षरता कार्यक्रम संचालन गर्दा लक्षित समूहकाे पहिचान गरेर समूहकाे साक्षरता र बाैद्धिक स्तर अनुसारकाे कार्यक्रम निर्धारण गरेर साक्षरता अभियान संचालन गर्नका लागी मार्गदर्शन मार्फत् निर्देशन दिएकाे छ। राष्ट्र बैंकले इजाजत प्राप्त वित्तीय स‌ंस्थाले वित्तीय साक्षरता इकाई मार्फत् अभियानकाे नियमित अनुगमन गरेर प्रभावकारीता सम्बन्धतमा प्रतिवेदन तयार पार्न र ताेकिएकाे ढाँचामा राष्ट्र बैंक समक्ष पेश गर्नुपर्ने प्रावधान समेत लागू गरेकाे छ।

 

 

यसअघि वित्तीय साक्षरता ढाँचा २०७८ मार्फत् राष्ट्र बैंकले कार्यक्रमकाे ढाँचा तय गर्नका लागी बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गरेकाेमा अहिले निर्देशका नै जारी गरेकाे हाे ।

मार्गदर्शनमा साक्षरता अभियान स‌ंचालनका लागी नियमित आम्दानी प्राप्त गर्ने (रोजगार),) निश्चित आम्दानी नभएका (कृषक, साना उद्यमी), विद्यार्थी (माध्यमिक र उच्च माध्यमिक तहका बिद्यार्थी), महिला, विप्रेषण प्रापक र यूवा समेत जम्मा ६ वर्गमा बै‌ंकका ग्राहकलाई वर्गिकरण गर्न निर्देशन दिइएकाे छ।

4290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?