जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • चर्को ब्याजदरका विषयमा गभर्नर अधिकारीको टिप्पणी, ‘प्रोपर कम्युनिकेसन भएन’

चर्को ब्याजदरका विषयमा गभर्नर अधिकारीको टिप्पणी, ‘प्रोपर कम्युनिकेसन भएन’

गभर्नर महाप्रसाद अधिकारीले बैंक र व्यापारीबीच ‘प्रोपर कम्युनिकेसन’ नहुँदा समस्या वाहिर आएको बताएका छन्। पछिल्लो समयमा ब्याजदर महँगो भएको भन्दै उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएकोप्रति संकेत गर्दै यो धारणा राखेका हुन्।

‘बजारलाई हामीले स्वीकार गर्नुपर्छ। कहिले रिसोर्स कम हुन्छ, कहिले बढी हुन्छ। त्यो स्वीकार गर्नुपर्छ,’ इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडीजको ४४औं वार्षिकोत्सवका अवसरमा अधिकारीले भने।

उनले चालु पुँजी मार्गदर्शनको समेत बचाउ गर्दै आलोचना गर्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे। अहिले उद्योगी-व्यवसायीले चालु कर्जा मार्गदर्शन तत्काल कार्यान्वयनमा ल्याउन दबाब दिँदै आएका छन्। उद्योगीनै सडकमा आएपछि राष्ट्र बैंकले केही दिन अघि सुझाव पठाउन समेत आग्रह गरेको छ।

उनले बाह्य क्षेत्र व्यवस्थापन गर्न खोज्दा वित्तीय क्षेत्रमा दबाब देखिन सुरु भएको बताएका छन्।

अधिकारीले बाह्य क्षेत्रलाई नियन्त्रण गर्न खोज्दा सरकारको राजस्वमा धक्का पुग्ने बताउँदै सरकारी ढुकुटीलाई व्यवस्थापन गर्न खोजे बाह्य क्षेत्र मारमा पर्ने गरेको बताए। उनले अहिलेको समस्या समाधानका लागि अर्थतन्त्रमा संरचनात्मक सुधार आवश्यक रहेको समेत बताए।

‘यो सन्तुलन बनाइराख्न आन्तरिक उत्पादन बढाउने प्रमुख एजेन्डाका रुपमा लिनु पर्छ,’ गभर्नर अधिकारीले भने। उनले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकम आयातका लागि खर्चिनुपरेको बताउँदै शोधनान्तर घाटा र मुद्रा सञ्चिति दबाबमा पर्दा आयातमा प्रतिबन्ध लगाउनुपरेको समेत स्पष्ट पारे।

उनले पछिल्लो पाँच वर्षमा कर्जाको वृद्धिदर अचाक्ली बढेको बताउँदै बर्सेनि २० प्रतिशतका दरले कर्जा विस्तार भएको बताए। अत्यधिक कर्जा विस्तारले कर्जाको गुणस्तर घटेको उनको जिकिर थियो।

अधिकारीले विश्व अर्थतन्त्रको परिदृश्य बताउँदै केही वर्ष अर्थतन्त्रमा थप कठिनाइ झेल्नुपर्ने बताए। अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैक र आर्थिक सहयोग तथा विकास संगठन (ओइसीडी) पनि मन्दी उन्मुख विश्व अर्थतन्त्र रहेको उनको भनाइ थियो।

रुस-युक्रेन बीचको युद्ध मुद्रास्फीतीको प्रमुख जड रहेको बताउँदै गभर्नर अधिकारीले विश्वका कतिपय देशमा ८३ प्रतिशतसम्म मूल्यवृद्धि भएको बताए। तर दक्षिण एसियाली मुलुकहरुमा नेपालको अवस्था सन्तोषजनक रहेको उनको टिप्पणी गर्दै भने ‘बंगलादेशभन्दा राम्रो पोजिसनमा नेपाल रहेको छ।’

तरलता व्यवस्थापनमा समस्या देखिएको बताउँदै अधिकारीले गतवर्ष मात्रै ९७ खर्ब तरलता प्रवाहका लागि प्रणालीमा पठाएको बताउँदै राष्ट्र बैंकले पनि मनग्य नाफा कमाएको बताए।

1860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?