जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • ग्लोबल हाईड्रोको आईपिओ नबिके मेगा क्यापिटल र नेपाल एसबिआई मर्चेन्टले किन्ने

ग्लोबल हाईड्रोको आईपिओ नबिके मेगा क्यापिटल र नेपाल एसबिआई मर्चेन्टले किन्ने

ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडलाई मेगा क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले  शेयरको प्रत्याभूति सेवा उपलब्ध गराउने भएका छन्  । शेयरको प्रत्याभूति सेवा उपलब्ध गराउने सम्बन्धमा आज ग्लोबल हाईड्रोपावर र मेगा क्यापिटल तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच त्रिपक्षिय सम्झौता भएको हो ।

सम्झौतामा ग्लोबल हाईड्रोपावरका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मेगा क्यापिटलका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका छन् ।

ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले ५८ करोड ६० लाख बराबरको ५८ लाख ६० हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने शेयर बिक्री नभएमा मेगा क्यापिटल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले बिक्री नभएको शेयर खरिद गर्ने छन् ।

1390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका