जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • मर्जर हुन लागेको भन्दै हल्लामा बाणिज्य बैंकको शेयरमा उछाल !!   

मर्जर हुन लागेको भन्दै हल्लामा बाणिज्य बैंकको शेयरमा उछाल !!   

बाणिज्य बैंकको शेयरमा उछाल आउदा बजार खुलेको केहि समयमै नेप्से सूचक २९०० अंक भन्दा माथि उक्लिएको छ । नेप्से सूचक १२ बजेर ७ मिनेटमा २९१९ अंकसम्म पुग्यो । बाणिज्य बैंकहरु भन्दा कमजोर विकास बैंक तथा फाइनान्सको शेयर मूल्य आकासिए सँगै आजदेखि राष्ट्रिय स्तरका बाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।

कारोबार सुरु भएको एक घण्टा भित्रै ५० अंकले नेप्से सूचक सुधार हुँदा अधिकाम्स बाणिज्य बैंकको शेयर मूल्य बढेको छ । तुलनात्मक रुपमा बाणिज्य बैंकहरुको शेयर सप्लाइ धेरै छ । थोरै मात्रै सुधार मा पनि बाणिज्य बैंकहरुको सप्लाइ आउने गरेको पाइन्छ ।

अहिलेसम्मको कारोबार पनि त्यस्तै देखिन्छ । अधिकाम्स बाणिज्य बैंकको शेयर ह्वात्तै बढ्यो । तर साढे १३ बजे पछ विस्तारै सप्लाइ आउदा सूचक ३० अंकको सुधारमै खुम्चिएको छ । सरकारले निषेधाज्ञा थप बढाएको छ । अझै पनि कोभिड १९ को संक्रमण नियन्त्रण बाहिर छ । निषेधाज्ञाकै अवधिमै ठुलो संख्यामा संक्रमित बढिरहेका छन् भने मर्नको सख्या पनि बढिरहेको छ । त्यसैले गर्दा अझै पनि केहि समय लकडाउन हुने अवस्था छ ।

यहि अवस्थामा ठुला ठुला लगानीकर्ताहरु बजारबाट बाहिर जान सक्ने अवस्था छैन । साना तथा ठुला लगानीकर्ताहरु केहि कमाउने अभिलासा सहित शेयर खरिद बिक्री गरिरहेका छन् । यसै क्रममा गएका दिनमा बजारमा सबैभन्दा सस्ता शेयर खरिद गर्ने होडबाँजी चलिरहेको छ । २०० भन्दा तल रहेका फाइनान्सको शेयर ५०० रुपैयाँदेखि १००० रुपैयाँको विचमा रहेर कारोबार भैरहेको छ ।

केहि समय अगाडि हाइड्रोपावरको शेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखियो । हाइड्रोपावरको शेयर आकासिए सँगै अहिलेको अवस्थामा सबैभन्दा सस्ता शेयर बाणिज्य बैंकहरुको मात्रै छ । अहिलेको अवस्थामा बाणिज्य बेंकहरुको वित्तीय विवरण धेरै राम्रो छ । सबै बैंकहरु लाभांस दिन सक्ने अवस्थामै छन् ।

लकडाउन तथा निषेधाज्ञाका कारण बैंकहरुले कर्जा विस्तार गर्न सकिरहेका छैनन् । कर्जा विस्तार रोकिदा बैंकहरुमा तरलता बढिरहेको छ । तरलता बढ्न थाले सँगै बैंकहरुले बोलाइ बोलाइ शेयरधितो कर्जा पनि प्रवाह गरिरहेका छन् । यसै क्रममा लगानीकर्ताहरु सस्ता बाणिज्य बैंकको शेयमरा झुम्मिएका हुन् ।

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको संख्या घटाउने नीति लिएको छ । यसै क्रममा साना साना बाणिज्य बैंकहरु ठुला बाणिज्य बैंकहरु सँग मर्जरका लागि वार्गेनिङ गरिरहेका छन् । यसै क्रममा मर्जरको हल्लाले पनि साना साना बाणिज्य बैंकको शेयरमा उछाल आइरहेको छ ।

पछिल्लो समय नेपाल बंगलादेश बैंक र नविल बैंकको मर्जरको हल्ला चलिरहेको छ । यसले गर्दा कमजोर वित्तीय विवरणका बाबजुत पनि नेपाल बंगलादेशको शेयर पनि बढिरहेको छ । त्यस्तै सनराइज बैक र एनआइसी एशिया बैंक मर्जर हुने हल्लाले पनि सनराइज बैंकको शेयर बढिरहेको छ । त्यस्तै सिभिल बैंकलाई लिएर विभिन्न बैंक सँग मर्जर हुन लागेको भन्दै हल्ला चलिरहेको छ । त्यस्तै सेञ्चुरी कमर्सियल, कुमारी, लक्ष्मी लगायतका बैंकहरुलाई पनि मर्जरको हल्ला चलाइएको छ । यसै क्रममा ठुला बाणिज्य बैंक भन्दा साना बाणिज्यहरुको शेयरमा उछाल आइरहेको छ ।

6735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?