जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • साल्ट ट्रेडिङले लाभांश पारित गर्न बोलायो साधारण सभा

साल्ट ट्रेडिङले लाभांश पारित गर्न बोलायो साधारण सभा

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चैत २३ गते ५७औं वार्षिक साधारण सभा बोलाएको छ । बुधबार बसेकाे सञ्चालक समिति बैठकले वार्षिक साधारण सभा बोलाएको हाे ।

कर्पोरेसनले सभामा सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

साथै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगत प्रवाह लगायतका विषयमा छलफल हुनेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ९ गते बुक क्लोज गर्ने भएको छ । चैत ८ गतेसम्म कायम रहने सेयरधनीमात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?