जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आइसिएफसि फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

आइसिएफसि फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले मिति २०८१ पौष २९ गते (जनवरी १३, २०२४) काठमाण्डौंको बौद्ध हेरिटेज, बौद्ध पिपलबोटमा आफ्नो एक्काइसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ५.२६३२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एन. अमात्य एण्ड कं. चार्टर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरिएको छ।

सभामा संस्थापक समूहमध्येबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न ससिलकुमार अर्याल, रचना अधिकारी, र अच्युतराज आचार्यलाई आगामी चार वर्षका लागि निर्विरोध निर्वाचित गरियो।

आइसिएफसि फाइनान्सको चुक्ता पुँजी रु. १ अर्ब १८ करोड ३४ लाख रहेको छ। हालसम्म यसले २१ शाखा कार्यालयहरूमार्फत १ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिको प्रयोगद्वारा सेवा प्रदान गर्दै आएको छ। चालू आर्थिक वर्षको असोज मसान्तसम्म, फाइनान्सले रु. १८ अर्ब ६३ करोड निक्षेप संकलन र रु. १५ अर्ब ४३ करोड कर्जा प्रवाह गरिसकेको । कम्पनी सचिव लक्ष्मणप्रसाद जैशीले यसबारे जानकारी गराएका छन्।

1570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका