जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कसैलाई पनि ओटीपी दिनुहुँदैन, दिएमा रकम चोरी हुन सक्छ: राष्ट्र बैंक

कसैलाई पनि ओटीपी दिनुहुँदैन, दिएमा रकम चोरी हुन सक्छ: राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले कसैलाई पनि ओटीपी नदिन आग्रह गरेको छ । ओटीपी भन्नाले एक पटक मात्र प्रयोगमा आउने पासवर्ड अर्थात् वान टाइम पासवर्ड भन्ने बुझिन्छ । विद्युतीय कारोबार गर्न खोजिरहेको व्यक्ति सही व्यक्ति हो वा होइन र कारोबार अधिकृत हो वा अनधिकृत हो भन्ने पहिचानको लागि सेवा प्रदायकको प्रणालीले स्वचालित रुपमा प्रदान गर्ने पासवर्ड नै ओटीपी हो ।

राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै भनेको छ, ‘निश्चित प्रयोजनका लागि तोकिएको समयभित्र मात्र प्रयोग गर्न मिल्ने गरी प्रयोगकर्ताले दर्ता गरेको फोन / वा इमेलमा मात्र प्राप्त हुने भएकाले अन्य कसैलाई पनि ओटीपी दिनुहुँदैन ।’

विभिन्न बहानामा ओटीपी माग्ने र रकम चोरी गर्ने घटना संसारभर नै हुने गरेका छन् । त्यसैले सजग भई विद्युतीय भुक्तानीका कारोबार गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले भनेको छ, ‘कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको ओटीपी कहिल्यै पनि माग्दैनन् ।’

2705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका