जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिटिजन्स बैंक र चार संस्थाबीच सहकार्य

सिटिजन्स बैंक र चार संस्थाबीच सहकार्य

सिटिजन्स बैंक इन्टरनेसनलले चार संस्थासँग सहकार्य गरेको छ । ग्राहकलाई सुविधान दिन र डिजिटल बैंकिङमा प्रोत्साहन गर्न बैंकले संस्थाहरुसँग सहकार्य गरेको हो ।

सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन् । बैंकका ग्राहकले काठमाडौंको नक्सालमा रहेको आबुरी रेस्टुरेन्टका सेवामा अधिकतम १० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी नक्सालको भगवती मार्गमा रहेको वी केयर हेल्थ सेन्टरका सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

भद्रकालीमा रहेको फन ल्यान्ड इन्टरटेनमेन्ट प्रालिको  प्रवेश शुल्कमा ४० प्रतिशत छुट पाउनेछन् भने धरानमा रहेको टस्क माउन्टेन बाइक स्टोरबाट बाइसाइकल खरिद गर्दा खरिद मूल्यमा अधिकतम ८ प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय-समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकले देशैभरका १८२ शाखा, ३ विस्तारित काउन्टर, १३९ एटीएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ६५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

1170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका