जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • देश डा. केसीले चलाउने कि दुई तिहाई सरकारले

देश डा. केसीले चलाउने कि दुई तिहाई सरकारले

भूपेन्द्र आचार्य । अहिले बजारमा चर्चा डा. गोबिन्द केसीको छ, कारण हो उनी १६ पटक आमरण अनसनमा छन् । यसपटक उनीको अनसन कसरी टुगिन्छ । त्यो हेर्न त बाँकी नै छ । संसदबाट के.सी.को केही माग सम्बोधन गरिन विधेयक पारित भएको अवस्था छ । सरकार भनिरहहेको छ ।

डा.के.सी.को माग पूरा भए खुसीयाली मनाउनुहोस् । तर, डा. के.सी. सबै माग पुरा नभए अनसन नतोड्ने पक्षमा छन् । अर्को तीन विरामी जाच्ने डक्टर साबहरुले पनि आन्दोलनमा आउने घोषणा गरेका छन् । संसारमा सत्ता भन्ने वा राज्य जनताबाट निर्वाचित जनप्रतिनिधीको बहुमतबाट बन्ने सरकारले गर्दछ । र सरकारले आफ्नो योजना सार्वजनिक गर्दै अगाडि देश विकास र समृद्धि ल्याउने गर्दछ । तर एउटा व्यक्तिले आफ्नो हट देखाउदै मैले भनेको सबै कुरा हुनुपर्दछ भनी अनसन बस्नु कत्ति उचित छ ।

के दुई तिहाई सरकारले निर्णय गर्न काम गर्न पाउदैन । केसीलाई सोेध्नु पर्ने जे गर्दा पनि को हुन् के.सी. ?
डा. के.सी. चिकित्सक हुन भने उनीले त्यही विषयमा अगाडी हिड्न प¥यो । हिजोका दिनमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीको राजिनामा माग्ने ? त्यसपछि सर्वोच्च अदालतका प्रधानन्यायाधिसको राजीनामा माग्ने ? उनी दुवैको पद गएपछि आपूmलाई देशकै राजा हुँ भन्ने भान बनाएका डा. के.सी.ले अब बुझ्न जरुरी छ । नेपालमा ३ करोड जनता छन् । र ती जनताले मत दिएका जनप्रतिनिधीहरु छन् । तिजले बनाएका कार्यकारी प्रधानमन्त्री पनि यो मुलुकमा छन् । सबैका सबै माग संसारमा कही पनि पूरा भएको छैन डा. के.सी. ज्यू ।

अनसन तोडेर सहकार्य गरी अगाडी हिड्नु पर्ने तपाईको लागि भलो होला तपाई यो देशको राजा हो । प्रधानमन्त्री, राष्ट्रपति हो ? तपाईले जे भने पनि पूरा हुन । अर्को कुरा के छ भने डा. के.सी. जस्ता डाक्टर सावले निकालेका प्रेस विज्ञप्तीमा मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई औषधी आएर विचलन भएको मान्छे भन्नु कत्त उचित होला । यसको अर्थ पागल हो भन्न खोजिएको देखिन्छ । यो अधिकार डा. के.सी.लाई कसले दियो ।

डा. के.सी. ज्यू चिनी धेरै खायो भने तितो हुन्छ । तपाईका अनसन र छाडा शब्द आउँदै ग एभने तपाईको पछाडी लाग्ने साझा र विवेकशील पार्टीका केही नेता र कार्यकर्ताले पनि छाड्ने छन् । नेपाली कांग्रेसले त तपाईका साथ दिएको छैन । आफ्ना नेताका अस्पताल सरकारलाई बुझाउन तपाईलाई हतियार बनाएको मात्रै हो । हेर्दै जानु होला । डाक्टरले विरामी जाँच्ने हो । सधैं अनसन बसेर राज्यलाई चुनौती दिँदै जनतालाई इख दिने होइन । कानुन, नियम र निर्देशिका राज्यले बनाएर लागु गर्ने हो ।

यदि तपाई विरुद्ध अरु कोही अमरण अनसन बस्यो भने तपाई के गर्ने यसको उत्तर तपाईसँग छ । यदि मलाई मन नपरेका मान्छे जनमत बटुलेर पत्रकारको नेता भयो भने मैले आमरण अनसन गरेर हटाउन सक्दछु । तर यो मेरो मुर्खता मात्र हुनेछ । त्यसकारण समयमै सचेत भई अनसन तोडी खुशियाली मनाउनु हो । सबै माग पुरा नभए पनि अधिकाशं माग विधेयकमा पारित भएका छन् । यिनै उपलब्धीको रक्षा गरि हिड्न सिक्नु होस् ।

देश जनताबाट निर्वाचितहरुले चलाउने हो । देशकै प्रधानमन्त्रीलाई पागत भन्ने तपाई को हो ? तपाई डा. के.सी.लाई कानुन लाग्दैन ? तपाई राजा हो कि के हो ? सबै कुराको सीमा हुन्छ । तपाईले धेरै कुरामा सीमा मिचसक्नु भयोको छ । अब यो नाटक अन्त्य गर्नुहोस् । तपाईको आमरण अनसनको धम्कीले अब राज्य डंगमगाउनु हुँदैन ।

5990
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?