जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • लघु बीमालेख बेचेर जीवन बीमा कम्पनीहरुले कमाए १.९७ अर्ब रुपैयाँ प्रिमियम, नेशनल लाइफ अघि

लघु बीमालेख बेचेर जीवन बीमा कम्पनीहरुले कमाए १.९७ अर्ब रुपैयाँ प्रिमियम, नेशनल लाइफ अघि

जीवन बीमा कम्पनीहरुले लघु बीमालेख जारी गरी एक अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। हाल जीवन बीमा कम्पनीमध्ये १४ वटाले लघु बीमालेख जारी गर्दै आएका छन्।

चालु आर्थिक वर्षको १० महिनासम्म लघु बीमाबाट कम्पनीले एक अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्। यस अवधिमा करिब ४१ लाख वटा बीमालेख सक्रिय छन्।

गत चैतसम्म कम्पनीहरुले लघु बीमा जारी गरेबापत १ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यति बेला ठुला बीमा कम्पनीभन्दा साना कम्पनीमा लघु बीमाको व्यवसाय बढ्दै गएको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाउँछ। गत महिनासम्म लघु बीमा विस्तार गरिरहेका कम्पनीको वैशाखमा व्यवसाय घटेको पाइएको छ।

सबैभन्दा बढी लघु बीमा व्यवसायबाट बीमाशुल्क आर्जन नेशनल लाइफ इन्स्योरेन्सले गरेको छ। कम्पनीले १२ लाख भन्दा बढी बीमालेख जारी गरी ६५ करोड रुपैयाँ आर्जन गरेको छ।

सिटिजन लाइफले १० लाख वटा बीमालेखबाट ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। सानिमा रिलायन्स लाइफले ९ लाख वटा बीमालेखबाट २६ करोड रुपैयाँ आर्जन गरेको हो। सूर्यज्योति लाइफले ३ लाख वटा बीमालेखबाट १७ करोड रुपैयाँ संकलन गरेको छ।

मेट लाइफले १६ करोड रुपैयाँ संकलन गरेको हो। कम्पनीमा चालु आर्थिक वर्षको १० महिनासम्म २ लाख ५० हजार बीमालेख सक्रिय छन्। सबैभन्दा कान्छो महालक्ष्मी लाइफले १२ करोड भन्दा बढी बीमा शुल्क संकलन गरेको छ। कम्पनीमा हालसम्म १३ हजार वटा बीमालेख जारी भएका छन्। प्रभु लाइफले लघु बीमाबाट ५ करोड रुपैयाँ आर्जन गरेको छ। कम्पनीमा ९५ हजार वटा बीमालेख सक्रिय छन्।

सन नेपाल लाइफले ४ करोड रुपैयाँ, रिलायबल लाइफले एक करोड रुपैयाँ, नेपाल लाइफलले ५० लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेसनले ४३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

यी कम्पनीहरुले चालु आर्थिक वर्षको वैशाखसम्म प्रथम बीमाशुल्क बापत एक अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेका छन्। नवीकरण शुल्कबाट ११ करोड रुपैयाँ उठाएका छन्। पछिल्लो समय लघु बीमाले विस्तारै लय लिन थालेको छ। जीवन र निर्जीवन बीमा कम्पनीहरुले लघु बीमा गर्दै आएका थिए भने अब नेपाल बीमा प्राधिकरणले ७ वटा कम्पनीलाई नै लघु बीमाको लाइसेन्स दिइसकेको छ।

यसमा पनि ३ वटा जीवन र ७ वटा लघु निर्जीवन कम्पनी रहेका छन्। प्राधिकरणले अहिले लघु बीमा गर्दै आएका कम्पनीहरुले आगामी दिनमा पनि लघु बीमा गर्न पाइने व्यवस्था गरेको छ।

1135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका