जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एभरेष्ट इन्स्योरेन्सले प्रस्ताव गरेको ६% बोनस सेयरका आधारमा मूल्य समायोजन, अब ५४४.३४ रुपैयाँ

एभरेष्ट इन्स्योरेन्सले प्रस्ताव गरेको ६% बोनस सेयरका आधारमा मूल्य समायोजन, अब ५४४.३४ रुपैयाँ

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको छ। इन्स्योरेन्सले प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन गरेको हो।

समायोजनपछि इन्स्योरेन्सको सेयर मूल्य ५४४.३४ रुपैयाँ निर्धारण भएको छ। सोमाबार कम्पनीको कारोबार सोही मूल्यबाट सुरु हुनेछ। यस्तै नेप्सेले प्रुडेन्सियल इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य ५७७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ

इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ का लागि ६ प्रतिशत बोनस र ०.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। वैशाख २१ गते संचालन हुन गइरहेको कम्पनीको २७औं वार्षिक साधारणसभाबाट लाभांशको प्रस्ताव पारित हुँदै छ।

साधारणसभा प्रयोजनका लागि वैशाख १२ गते एक दिनका लागि इन्स्योरेन्सले सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) मिति तय गरेको छ।जसअनुसार वैशाख ११ गते (आज) सम्म कायम सेयरधनीहरुले मात्र इन्स्योरेन्सको वार्षिक साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

5330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका