जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मोतिलाललाई सञ्चालकबाट हटाएपछि राष्ट्र बैंकले लक्ष्मी र सनराइजलाई मर्जमा जान दियो स्वीकृति

मोतिलाललाई सञ्चालकबाट हटाएपछि राष्ट्र बैंकले लक्ष्मी र सनराइजलाई मर्जमा जान दियो स्वीकृति

नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई समाहित भएर एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ।

मोतिलाल दुगडलाई सञ्चालकबाट हटाएपछि राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई एकीकृत कारोबार थाल्न अन्तिम स्वीकृति दिएको हो। दुवै बैंकले आगामी बिहीबारबाट एकीकृत बैंकिङ कारोबार सुरु गर्ने भएका छन्।

दुगडले लक्ष्मी बैंकबाट ३ अर्ब रुपैयाँ कर्जा लिएकाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार सञ्चालक बन्न नमिल्ने भन्दै राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थिएन। त्यसबाहेक दुगडले भारतमा लगानी गरेकाे र त्यहाँ १२ अर्ब भारू (करिब २० अर्ब रूपैयाँ) बराबर बैंकिङ घाेटालामा पनि उनकाे संलग्नता रहेकाे खबर क्यापिटल नेपालले सार्वजनिक गरेपछि राष्ट्र बैंक उनीप्रति थप सशंकित भएकाे थियाे।

नयाँ बन्ने सञ्चालक समितिमा लक्ष्मी बैंकबाट रमन नेपाल, डा.मनिष थापा र स्वाति रुंगटा छन्। सनराइजबाट बच्चराज तातेड र मालचन्द दुगड हुनेछन्।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अजयविक्रम शाह बन्ने छन्।

२०७९ पुस २५ गते लक्ष्मी र सनराइज बैंकबीच समान हैसियतको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) हुने गरी मर्जमा जान समझदारी भएको थियो।

905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका