जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ज्योति विकास बैंकको नाफा १७% ले घट्यो, निक्षेप संकलन र कर्जा लगानी सामान्य बढ्दा ईपीएस ३ रुपैयाँले घट्यो

ज्योति विकास बैंकको नाफा १७% ले घट्यो, निक्षेप संकलन र कर्जा लगानी सामान्य बढ्दा ईपीएस ३ रुपैयाँले घट्यो

ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको नाफा १७ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंकले ५५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४३ प्रतिशतले कम हो । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ६७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी १६.९१ प्रतिशतले बढ्दा सञ्चालन नाफा भने १७.२७ प्रतिशतले घटेको छ । इम्पेयरमेन्ट चार्ज बढ्दा र सञ्चालन नाफा घट्दा बैंकको खुद नाफा दबाबमा परेको हो ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा पनि २१.४९ प्रतिशतले घटेर २२ करोड ७८ लाख रुपैयाँमा झरेको छ । बैंकको निक्षेप संकलन १३.६५ प्रतिशत र कर्जा लगानी ५.९७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.४७ प्रतिशतबाट बढेर २.८६ प्रतिशत पुगेको छ ।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा बैंकका प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १२ रुपैयाँ ५८ पैसा (वार्षिक) मा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७ पैसा (वार्षिक) रहेको थियो । हाल यस बैंकको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ३२ पैसा छ ।

880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका