जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ग्लोबल आइएमई बैंकले बचतमा उच्च ब्याज दिँदै, रेमिट्यान्स बचतमा अरुभन्दा २% बढी

ग्लोबल आइएमई बैंकले बचतमा उच्च ब्याज दिँदै, रेमिट्यान्स बचतमा अरुभन्दा २% बढी

विगत केही समयदेखि वाणिज्य बैंकहरुले भद्र सहमतिमा ब्याजदर निर्धारण गरिरहेका थिए। यसरी सहमतिअनुरुप बैंकहरुको ब्याजदरमा एकरुपता आइरहेको परिपेक्ष्यमा अघिल्लो महिनादेखि सबै वाणिज्य बैंकहरु ब्याजदर निर्धारणमा स्वतन्त्र छन्। यसैअनुरुप २०८० साउन महिनादेखि वाणिज्य बैंकहरुको ब्याजदर फरक–फरक रहेको थियो। बैंकहरुले भदौ महिनाका लागि ब्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताका लागि फरक–फरक ब्याजदर प्रकाशन गरेका छन्।

२० वटा वाणिज्य बैंकहरुले प्रकाशन गरेको ब्याजदरलाई हेर्ने हो भने अन्य बैंकहरुले जारी गरेको ब्याजदरभन्दा ग्लोबल आइएमई बैंकको ब्याजदर बढी रहेको छ। ग्लोबल आइएमई बैंकले भदौ महिनाका लागि प्रकाशित गरेको ब्याजदरमा व्यक्तिगत निक्षेपमा अधिकतम वार्षिक १०.८९६ प्रतिशत र संस्थागतमा अधिकतम वार्षिक ९.३९६ प्रतिशत व्यवस्था गरेको छ।

वैदेशिक रोजगारीमा गई विदेशी भूमिलाई कर्मक्षेत्र बनाई आयआर्जन गरेका व्यक्तिहरुको कमाइलाई बैंकिङ माध्यमबाट नेपालमा ल्याउन महत्वपूर्ण योगदान गरिरहेको ग्लोबल आइएमई बैंकले बचत तथा मुद्दती तर्फ अन्य बैंकहरुले प्रकाशन गरेको ब्याजदर भन्दा उच्चतम ब्याजदर प्राकशित गरेको छ।

सामान्यतया बैंकहरुले रेमिट्यान्स निक्षेपमा अन्य निक्षेपको ब्याजदर भन्दा १ प्रतिशत धेरै दिइरहेका छन् तर ग्लोबल आइएमई बैंकले अन्य निक्षेपमा भन्दा २ प्रतिशत धेरै दिएको प्रकाशित ब्याजदरको सूचनामा देखिएको छ। रेमिट्यान्सतर्फ बचत निक्षेपमा वार्षिक ९.९६६ प्रतिशत र मुद्दति निक्षेपमा वार्षिक ११.८९६ प्रतिशत रहेको छ। बैंकहरुको प्रकाशित ब्याजदरलाई हेर्ने हो भने बैंकको विभिन्न बचत निक्षेप योजनाहरुमा पनि उच्चतम् ब्याजदर प्रकाशन गरेको देखिन्छ।

बैंकको सबै नेपालीको बचत खाता तथा सोचेजस्तै बैंक खातामा वार्षिक ७.९६६ प्रतिशत र ग्लोबल रेमिट बचत खातामा वार्षिक ९.९६६ प्रतिशत प्रकाशित गरेको छ। यसरी हेर्दा स्वदेश तथा बिदेशमा बसोबास गर्नेहरुले ब्याज आम्दानी वृद्धि गर्ने हो भने ग्लोबल आइएमई बैंकमा बचत गर्दा उपयुक्त हुने देखिएको छ।

मुद्दति निक्षेपतर्फ ३ महिना वा सोभन्दा धेरै अवधि भएका मुद्दति योजनाहरुमा ग्लोबल आइएमई बैंकले वार्षिक १०.८९६ प्रतिशत ब्याजदर प्रकाशित गरेको छ। उक्त मुद्दति योजनामा प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित गरेको मध्य उच्चतम ब्याजदर हो।

संस्थागत निक्षेपतर्फ पनि बैंकले प्रकाशित ब्याजदर अन्य वाणिज्य बैंकहरुले प्रकाशित ब्याजदरमध्ये अधिकतम नै देखिन्छ। न्यूनतम ६ महिना वा सोभन्दा बढी अवधि भएको संस्थागत निक्षेपमा वार्षिक ९.३९६ प्रतिशत प्रकाशित गरेको छ।

बैंकिङ क्षेत्रमा आउने निक्षेपहरुमा बैंकको ब्याजदरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ। निक्षेपकर्ताहरुले उपलब्ध ब्याजदरहरुमध्ये धेरै ब्याजदर प्रदान गर्ने वित्तीय संस्था रोजाइमा राख्ने गरेको देखिन्छ। बचतकर्ताहरुका लागि पनि उपलब्ध ब्याजदरहरु मध्यबाट उच्च ब्याजदर प्रदान गर्ने बैंकमा निक्षेप राख्ने हो भने ब्याज आम्दानी धेरै हुन्छ।

यसका साथै, बैंकहरुले भदौ महिनाका लागि प्रकाशित गरेको ब्याजदरलाई मध्य नजर गर्दा भाद्र महिनामा ग्लोबल आइएमई बैंकमा धेरै निक्षेपकर्ताहरुको आकर्षण हुने देखिन्छ। यस बैंकको नेपालका ७७ जिल्लामा शाखा कार्यालयहरु पनि रहेको र सम्पूर्ण शाखा सञ्जाल तथा विभिन्न सेवा केन्द्रहरुबाट ग्राहक महानुभावहरुले निक्षेप जम्मा गर्न सकिने हुर्दा ग्राहकले यस उच्चतम ब्याजदरको स्वभाविक फाइदा लिने अवसर बन्ने देखिन्छ।

850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका