जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाइ न्यू इयर डिलाइट-२०२४’ योजना

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाइ न्यू इयर डिलाइट-२०२४’ योजना

 हुन्डाइ अटोमोबाइल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले अंग्रेजी नयाँ वर्षलाई मध्यनजर गर्दै हुन्डाइ न्यू इयर डिलाइट-२०२४ योजना सार्वजनिक गरेको छ ।

ग्राहकमुखी उक्त योजना १६ पुसदेखि नेपाल भरका सबै शोरूमहरूमा सुरू भएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रूपैयाँसम्मको आकर्षक नगद छुट, विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहन स्वरुप ५० हजार रूपैयाँसम्मको गो-ग्रीन बोनसका साथै गाडीको  मोडल इएरको आधारमा ५ लाख रूपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

यस योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् ।

सबै हुन्डाइ आईसीई गाडीहरुमा ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिंग र ईभी गाडीको ब्याट्रीमा ८ वर्ष र मोटरमा २ वर्ष वारेन्टी उपलब्ध हुने कम्पनीले बताएको छ । यस स्किमबाट हुन्डाइको कुनैपनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी तथा ईभी गाडी खरिद गरि फाइदा लिन सकिनेछ।

1585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका