जोडिनुहोस
शनिबार, असार १८, २०७९
शनिबार, असार १८, २०७९
  • होमपेज
  • जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एन आई सी एशिया बैंक विजयी

जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एन आई सी एशिया बैंक विजयी

विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आम जनमानसको मन जित्न सफल एन आई सी एशिया बैंक लिमिटेडले खेलकुद प्रतियोगितामा समेत आफ्नो सबल उपस्थिती जनाउदै आएको र प्राय सबै बैंकिङ्ग परिसुचकहरुमा अग्रस्थान ओगटन सफल यस बैंकले मिति ३० फाल्गुण २०७५ देखि २ चैत्र २०७५, सम्म चितवनको सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा सम्पूर्ण प्रतिष्पर्धी टिमहरुलाई हराउँदै एन आई सी एशिया बैंकको टिम विजयी भएको छ ।

पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट प्रा. लि. ले आयोजना गरेको सो टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो । बैंकले यस अगाडि समेत विभिन्न संघसंस्थाहरुले आयोजना गरेको खेलकुद प्रतियोगिताहरुमा जस्तैःKKXI Corporate Cup Indoor Cricket 2018 मा प्रथम, Century Bank Corporate Super Sixes Cricket 2018 मा दोस्रो,The Banker’s Cup 2018 मा दोस्रो तथा NIC ASIA Bank Corporate Indoor Cup 2017 मा दोस्रो हुँदै खेलकुद क्षेत्रमा समेत आफ्नो वर्चस्व स्थापित गर्दै आइरहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १४ लाख ५० हजार आदरणीय ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका