जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन

स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त भएका छन्।

यसअघि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत थिए ।

बंगलादेशका प्रमुख एमएनसी र स्थानीय बैंकहरूमा १५ वर्षभन्दा लामो अनुभव रहेका उनी बजेटिङ र योजना विज्ञ रहेको बैंकको भनाइ छ ।

बीआरएसी बैंक लिमिटेड ढाकामा बिजनेश प्लानिङ एण्ड एनालाइसिस प्रमुख (वरिष्ठ उपाध्यक्ष)का रूपमा समेत उनको अनुभव रहेको बताइएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक, बंगलादेशमा उनी सन् २०१० देखि २०१६ सम्म वरिष्ठ व्यवस्थापक (फाइनान्स म्यानेजमेन्ट)को जिम्मेवारीमा समेत थिए । बंगलादेशको ढाका विश्वविद्यालयबाट एमबीए पूरा गरेका उनी सीएसमेत रहेको बताइएको छ ।

4780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?