जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • दुई उच्च अधिकारीसहित १४८ कर्मचारीले प्रभू बैंक छाड्ने

दुई उच्च अधिकारीसहित १४८ कर्मचारीले प्रभू बैंक छाड्ने

प्रभू बैंक लिमीटेडको व्यवस्थापनका २ उच्च अधिकारीसहित १४८ कर्मचारीले जागिर छाड्ने भएका छन् ।

सेञ्चुरी कमर्सियल बैंकलाई गाभेपछि धेरै भएका कर्मचारी कटौति गर्ने उद्देश्यले बैंकले स्वेच्छिक अवकास योजना(भिआरएस स्किम) ल्याएको थियो ।

सो स्किममा सहभागिताका लागि एक डेपुटी जनरल म्यानेजर र असिस्टेन्ट जनरल म्यानेजरसहित १४८ कर्मचारीले आवेदन दिएका हुन् ।

बैंकस्थित उच्च स्रोतका अनुसार डेपुटी जनरल म्यानेजर अनुपमा श्रेष्ठ र असिस्टेन्ट जनरल म्यानेजर भोलाप्रसाद पाठकले भीआरएस स्किमका लागि आवेदन दिएका हुन् ।

भिआरएस रोजेकी अनुपमा तत्कालीन सेञ्चुरी बैंकबाट आएकी हुन् भने पाठक चाहिँ प्रभू बैंकमै लामो समयदेखि कार्यरत थिए ।

भीआरएस रोज्ने कुल १४८ कर्मचारीमध्ये माथिल्लो पदका सेञ्चुरीबाट आएका बढी छन् भने तल्लो पदका प्रभूका बढी छन् ।

भीआरएस योजनाअन्तर्गत प्रभू बैंकले ५ वर्षभन्दा कम जागिर खाएका सहायक प्रबन्धकका लागि २० महिनाको कुल तलब र ५ वर्षमाथि जागिर खाइसकेकालाई २४ महिनाको कुल तबल एकमुष्ट उपलब्ध गराउनेछ ।

यस्तै, अधिकृत तहका लागि भने ३ वर्षभन्दा बढी जागिर खानेलाई २० महिना बराबरको कुल तलब दिइनेछ ।

सेञ्चुरी समेत गाभिएपछि बैंकमा हाल ३५०० हाराहारीमा कर्मचारी कार्यरत छन् ।

बैंकले साउन तेश्रो साता भीआरएस योजना सार्वजनिक गर्दै इच्छुक कर्मचारीबाट आवेदन मागेको थियो । पहिलो चरणमा उपलब्ध म्यादमा निकै कम कर्मचारीले मात्र आवेदन दिएपछि भीआरएसकै मोडालिटीमा केही संसोधन गरी पुनः आवेदन मागिएको थियो । त्यसपछि भने कर्मचारीहरुको आवेदन परेको हो ।

1520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?