जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पाँच वाणिज्य बैंकको लाभांश घोषणा

पाँच वाणिज्य बैंकको लाभांश घोषणा

चालू आर्थिक वर्षको दुई महिना बितिसक्दा हालसम्म गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट पाँच वाणिज्य बैंकहरूले लाभांश प्रस्ताव गरेका छन् । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको लाभांश सार्वजनिक गरेका हुन ।

यस वर्ष माछापुच्छ्रे बैंकले कुल १४ प्रतिशत, एभरेष्ट बैंकले २० दशमलव ५३ प्रतिशत, सानिमा बैंकले १४ दशमलव ७० प्रतिशत , सिटिजन्स बैंक इन्टरनेशलले ५ दशमलव ७९ प्रतिशत र एनआईसी एशिया बैंकले ३० दशमलव ५३ प्रतिशत लाभांश दिन लागेका छन् ।

माछापुच्छ्रे बैंकको कुल लाभांशमध्ये १३ दशमलव ३० प्रतिशत बोनस शेयर रहेको छ भने कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश रहेको छ । त्यस्तै, एभरेष्ट बैंकको १० प्रतिशत बोनस र कर प्रयोजन समेतका लागि १० दशमलव ५३ प्रतिशत नगद, सानिमा बैंकको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ७० प्रतिशत नगद लाभांश रहेको छ ।

सिटिजन्स बैंकले भने यस वर्ष कर समेत ५ दशमलव ७९ प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको छ । अघिल्ला दुई आर्थिक वर्ष लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाएको एनआईसी एशिया बैंकले भने २९ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

गत आर्थिक वर्ष लाभांश वितरण नगरेको माछापुच्छ्रे बैंकले भने यस वर्ष वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिला लाभांश पारित गर्न लागेको छ । माछापुच्छ्रे बैंकले असोज १८ गते वार्षिक साधारण सभा आव्हान गरिसकेको छ । यो वाहेक अन्य दुई बैंकले पनि दशै अघिनै वार्षिक साधारण सभा गर्ने तयारी गरेका छन् । एनआईसी एशिया बैंकले अुाव २८ गते र सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएका हुन ।

1325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका