जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • शाइन रेसुङ्गा बैंकको मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधा

शाइन रेसुङ्गा बैंकको मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधा

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमई लिमिटेडसंगको सहकार्य गरेको छ । बैंकले आफ्नो मोबाइल बैंकिङ्ग (डिजी साइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको हो ।

ग्राहकहरूले अब कुनै पनि समयमा आईएमई रेमिटेन्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । जसले गर्दा बैंकमा वा आईएमइ रेमिटेन्स सङ्कलन गर्ने शाखामा गई लाममा उभिनु पर्ने झन्झट हट्नेछ ।

आधुनिक बैंकिङ्गलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेको यस बैंकले ग्राहकहरुलाई बैंकमा उपस्थित नभईकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसअघि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो । जसले गर्दा ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्दथे । आगामी दिनहरुमा शाइन रेसुङ्गा डेभलपमेण्ट  बैंक लिमिटेडले अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको छ ।

955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका