जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कात्तिकमा बढेन बैंकहरुको निक्षेपको ब्याजदर

कात्तिकमा बढेन बैंकहरुको निक्षेपको ब्याजदर

वाणिज्य बैंकहले निक्षेपको ब्याजदरलाई यथावत राख्दै असोज महिनाको ब्याजदर नै लागू गर्ने भएका छन् । सोमबार कात्तिक महिनाका लागि सार्वजनिक गरेको सूचना अनुसार कात्तिक महिनामा पनि असोज महिनाको ब्याजदरलाई निरन्तरता दिने भएका हुन् । बैंकहरुले सार्वजनिक गरेको सूचनामा ब्याजदर बढाएका छैनन् ।

बैंकहरुले असोज महिनामा विगत ६/७ महिनादेखि स्थिर रहेको ब्याजदर बढाएका थिए । बैंकहरुले ब्याजदर बढाएको भन्दै चौतर्फी विरोध भएको थियो । तरलता स्थिति असहज नै रहेकाले केही बैंकहरुले कात्तिक महिनाका लागि पनि ब्याजदर बढाउनु पर्ने भन्दै नेपाल बैंकर्स संघलाई दबाव दिएका थिए ।

अहिले बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ करिव ९.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५ प्रतिशतसम्म ब्याजदर तोेकेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याजदर तोकेका छन् ।

अहिले ब्याजदर उच्च रहेकाले कर्जाको लागत पनि बढेको छ । हाल बैंकहरुले कर्जामा १८ प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् । ब्याजदर उच्च भएपछि बेस रेट बढेपछि कर्जाको लागत बढेको हो । बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर कात्तिक १ गतेदेखि लागू हुने छ ।

1960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?