जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • २२.५ मेवाको ठूलो खोला हाइड्रोपावरमा सिटिजन्स बैंकको अगुवाइमा माछापुच्छ्रे र कृषि विकास बैंकको लगानी

२२.५ मेवाको ठूलो खोला हाइड्रोपावरमा सिटिजन्स बैंकको अगुवाइमा माछापुच्छ्रे र कृषि विकास बैंकको लगानी

२२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ।

सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा लगानी जुटेको हो। यस आयोजनामा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकको पनि लगानी रहनेछ। आज भएको लगानीसम्बन्धी सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा यस कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका कन्सोर्टियम÷पूर्वाधार बैंकिङ एकाइका प्रमुख रोसन मल्लले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुमितबाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मुलापाती, कृषि विकास बैंकका तर्फबाट हरि अधिकारी, विश्वबन्धु भट्टराई, माछापुछ्रे बैंकका तर्फबाट अनिल सिवाकोटी साथै आयोजना कम्पनीका तर्फबाट चिफ अपरेटिङ अफिसर नविन सिलवाल, वित्तीय प्रमुख प्रदीप खतिवड र सिभिल इन्जिनियर प्रमुख शिवसागर यादवको उपस्थिति थियो। यस आयोजनामा ३ अर्ब ९४ करोडको लागत अनुमान गरिएको छ। जसमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी हुने सम्झौतामा उल्लेख छ।

यो आयोजना माग्दीको राघुगंगा गाउँपालिका वडा नं. ७ र ८ को ठूलो खोला निर्माणधीन छ। अयोजना ३४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष नरेन्द्रबल्लभ पन्तले बताए। २०८२ सालको असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकिए पनि त्योभन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिया प्रसारण लाइनमा जोड्ने गरी काम तीव्रगतिमा भइरहेको अध्यक्ष पन्तले जानकारी दिए।

यस आयोजनामा देव ग्रुपकै स्वामित्व रहेको अर्काे आयोजना प्रोजेक्ट टक्सार पिखुवा हाइड्रोपावर लिमिटेडको समेत लगानी रहेको छ। टक्सार पिखुवा हाइड्रोपावर विगत २ वर्षअगाडि नै सम्पन्न भई विद्युत उत्पादन गरिरहेको कम्पनी हो। यो कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। ठूलो खोला हाइड्रोपावरले आईपीओ जारी गर्नका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ।

1110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका