जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • चितवनको खोलेसिमल बजारमा सिन्धु विकास बैंकको शाखा विस्तार

चितवनको खोलेसिमल बजारमा सिन्धु विकास बैंकको शाखा विस्तार

सिन्धु विकास बैंकको २६औँ शाखा चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा विस्तार गरिएको छ।

उक्त शाखाको आज कालिका नगरपालिकाका मेयर विनोद रेग्मी तथा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले स्वागत मन्तव्य तथा बैंकका बारेमा प्रकाश पारे।

मेयर रेग्मीले बैंकको प्रगतिको कामनासहित शुभकामना मन्तव्य राखे। बैंकका अध्यक्ष श्रेष्ठले बैंकले आगामी दिनमा ग्राहकलाई अझ थप सेवाहरु प्रदान गर्ने बताए। कार्यक्रममा कालिका नगरपालिकाकी उपमेयर विमला तामाङ, वडा नं. ६ का वडाअध्यक्ष टीकाराम रेग्मी, वडा नंं. ७ का वडाअध्यक्ष कमलराज मोक्तानलगायतको उपस्थिति थियो।

4210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका