जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • विकास बैंकहरुको नाफामा छलाङ्गः पहिलो मुक्तिनाथ, दोस्रो गरिमा, तेस्रो लुम्बिनी, चौथो कामना सेवा विकास बैंक

विकास बैंकहरुको नाफामा छलाङ्गः पहिलो मुक्तिनाथ, दोस्रो गरिमा, तेस्रो लुम्बिनी, चौथो कामना सेवा विकास बैंक

नेपालका विकास बैंकहरुले नाफामा छलाङ्ग मारेका छन् भन्दा फरक पर्दैन । सबैभन्दा बढि नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ भने दोस्रोमा गरिमा विकास बैंकले नाफामा छलाङ्ग मारेको छ । तेस्रोमा यसपटक लुम्बिनी विकास बैंक नाफमा अगाडी आएको छ भने नयाँ सीइओ दिनेश थकाली पाएको कामना सेवा विकास बैंकले साउन र भाद्र महिनामा नाफामा चमत्कारनै गरेको छ भन्दा फरक पर्दैन ।

चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो दुई महिनामा विकास बैंकहरुले एक अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । भन्दा फरक पर्दैन । विकास बैंक मध्ये मुक्तिनाथ विकास बैंकको नाफा सबैभन्दा धेरै छ । मुक्तिनाथले साउन र भदौमा ३१ करोड २८ लाख रुपैयाँ खुन नाफा आर्जन गरेको देखिन्छ ।

दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले दुई महिनामा १६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । भन्दा फरक पर्दैन । त्यसैगरी धेरै नाफा कमाउने विकास बैंकको तेस्रो र चौथो स्थानमा क्रमशः लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् । दुई महिनामा यी दुई विकास बैंकको खुद नाफा क्रमशः १५ करोड ६७ लाख र १३ करोड ९१ लाख रहेको भेटिएको छ भन्दा अब फरक पर्दैन ।

सोही अवधीमा चार वटा विकास बैंकहरु भने घाटामा गएका छन् । सबैभन्दा धेरै घाटा एक्सेल डेभलपमेन्ट बैंकको रहेको छ । दुई महिनामा एक्सेलको खुद घाटा १७ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, सप्तकोसी, नरायणी र मितेरीको खुद घाटा क्रमशः एक करोड ६७ लाख, ७६ लाख र ६४ लाख रुपैयाँ रहेको देखिन्छ । दुई महिनाको अवधिमा १३ वटा विकास बैंकले खुद नाफा आर्जन गरेका छन् भने चार वटा घाटामा रहेको देखिन्छ । सचेत भया ।

1510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका