जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कोरियामा नेपाली बैंकको शाखा खोल्न राष्ट्रपतिको चासो

कोरियामा नेपाली बैंकको शाखा खोल्न राष्ट्रपतिको चासो

राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिण कोरियामा नेपाली बैंकको शाखा खोल्ने विषयमा चासो दिएका छन्। उनले बिहिबार कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामिलामन्त्री ज्योङ ह्वाङ–गेउनसँग शीतल निवासमा भएको शिष्टाचार भेटमा नेपाली बैंकको शाखा खाेल्ने व्यवस्थाका लागि सहजीकरण गरिदिन आग्रह गरे।

‘रोजगारीका लागि कोरियामा धेरै नेपाली कार्यरत छन्। उनीहरुको कमाइ बचत गर्न कोरियामा नेपाली बैंकको शाखा भए राम्रो हुने थियो। यसका लागि आवश्यक पहल लिन यहाँसँग मेरो आग्रह छ,’ कोरियाली मन्त्रीसँग राष्ट्रपतिले गरेको कुरा उद्यृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने।

कोरियामा २० हजारभन्दा बढी नेपाली युवा कार्यरत छन्। त्यहाँ नेपाली श्रमिकले मासिक ३ लाख रुपैयाँभन्दा बढी कमाउँछन्। तर उनीहरुमध्ये धेरैले रेमिट्यान्स औपचारिक माध्यमबाट पठाउँदैनन्। धेरैजसोले हुण्डीमार्फत पैसा पठाउने गरेका छन्।

राष्ट्रपति पौडेलले कृषिको यान्त्रिकीकरण र आधुनिकिकरणका लागि सहयोग गर्न पनि कोरिया सरकारसँग आग्रह गरे।

पोखरेलका अनुसार कोरियालीमन्त्री गेउनले स्वदेश फर्किएपछि नेपाली बैंकको शाखा खोल्ने विषयमा सम्बन्धित निकायसँग छलफल गरी सहजीकरण गर्ने जवाफ दिएका छन्।

मन्त्री गेउनले अर्को वर्षबाट हुन्डाईले एसेम्बलिङको काम नेपालमै गर्ने तयारी रहेको जानकारीसमेत दिए।

3465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका