जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • कांग्रेस पदाधिकारी बैठकमा अर्थतन्त्र बारे महतको ब्रिफिङ: पर्यटक बढेका छन्, घरजग्गा कारोबार पनि बढ्दैछ

कांग्रेस पदाधिकारी बैठकमा अर्थतन्त्र बारे महतको ब्रिफिङ: पर्यटक बढेका छन्, घरजग्गा कारोबार पनि बढ्दैछ

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले देशको पछिल्लो आर्थिक अवस्थाबारे छलफल गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासले सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बोलाएर पदाधिकारीको बैठकमा देशको आर्थिक अवस्थाबारे छलफल गराएका हुन्। देउवा निवास धुम्बाराहीमा भएको छलफलमा मन्त्री महतले आर्थिक सूचांकाकहरु सुधार हुँदै गएको ब्रिफिङ गरे। उनले पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको र घरजग्गाको व्यवसाय पनि राम्रो हुँदै गएको ब्रिफिङ गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

गत महिना हवाइ मार्गमार्फत १२ लाख १७ हजार विदेशी पर्यटक नेपाल आएका थिए। यो संख्या गत वर्षको अक्टोबरको तुलनामा ६५ हजारभन्दा बढी हो। ‘आजको मुख्य एजेन्डा नै देशको अर्थतन्त्रबारे थियो,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘अर्थमन्त्रीले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढेको जानकारी गराउनुभयो।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि छलफल गर्न आन्तरिक बैठक राखेपछि कांग्रेसले आफ्नो धारणा बनाउन अर्थमन्त्री महतको उपस्थितिमा पदाधिकारी बोलाएको हो। बैठकपछि अर्थमन्त्री महतले आर्थिक अवस्था सुधारको बाटोमा रहेको प्रतिक्रिया दिए। पर्यटनका साथै घरजग्गा क्षेत्रको पछिल्लो अवस्था सकारात्मक रहेको उनको दाबी छ। उनले दाबी गरेजस्तो घरजग्गा कारोबार भने बढ्न सकेको छैन। ‘यो वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटक नेपाल भित्रिँदैछन्,’ महतले सञ्चारकर्मीसँग भने, ‘आर्थिक गतिविधि बढ्दैछ। जग्गा कारोबार पनि बढ्दैछ। परिस्थिति सकारात्मक हुँदै गएको छ।’

810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका