जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • कर्जाको ब्याजदर २ प्रतिशत भन्दा बढीले फरक नपार्न राष्ट्र बैंकको निर्देशन

कर्जाको ब्याजदर २ प्रतिशत भन्दा बढीले फरक नपार्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदरमा दुई प्रतिशतभन्दा बढीले फरक नपार्न सचेत गराएको छ । कर्जा लगानी र ब्याजदरको विषयमा एक सूचना जारी गर्दै राष्ट्र बैंकले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई एकै प्रकारका कर्जाको ब्याजदर दुई प्रतिशत भन्दा बढीको फरक नपार्न सचेत गराएको हो । 

पछिल्ला दिन बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने एकै प्रकारका कर्जामा समेत ग्राहकहरुबीच ब्याजदरमा अत्याधिक असमानता देखिएको राष्ट्र बैंकले जनाएको छ । 

एकै प्रकारका कर्जाको ब्याजदरमा अन्तर देखिएको गुनासो बढ्न थालेपछि राष्ट्र बैंकले ब्याजदरमा दुई प्रतिशत भन्दा बढीले फरक नपार्न सचेत गराएको हो । ‘ग्राहकको जोखिम विश्लेषण गरी २ प्रतिशतभन्दा बढीले फरक नपर्ने गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ ।’, राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जा सम्बन्धी नियामकीय प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने सर्तहरु बुझेर मात्रै कर्जा लिन सर्वसाधारणलाई सचेत गराएको छ ।

1230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका