जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • ७ प्रतिशत ब्याज दिएर सरकारले उठायो १० अर्ब आन्तरिक ऋण

७ प्रतिशत ब्याज दिएर सरकारले उठायो १० अर्ब आन्तरिक ऋण

सरकारले ७ प्रतिशत ब्याज भुक्तानी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट ६ वर्षे विकास ऋणपत्र बिक्री गर्दै आन्तरिक उठाएको हो ।

आइतबार राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८६ झ खरिदका लागि बोलकबोल प्रस्ताव पेश गर्न बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था, तथा नेपाली नागरिकलाई आह्वान गरेको थियो ।

अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने उक्त ऋण पत्र खरिद गर्न २५ व्यक्ति तथा संस्थाले ७७ प्रस्ताव पेश गरेका थिए ।

बोल कबोल प्रक्रियामा २४ अर्ब ३५ करोड रुपैयाँको ऋणपत्र खरिद गर्ने प्रस्ताव भएपनि सोमबार राष्ट्र बैंकले ७ प्रतिशत ब्याजदर प्रस्ताव गर्नेहरुलाई १० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरेको थियो ।

यसअघी गत भदौं १० गते पनि राष्ट्र बैंकले ७ प्रतिशत ब्याजदरमा ६ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै आन्तरिक ऋण उठाएको थियो ।

गत भदौं १० गते पनि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ नै आन्तरिक ऋण उठाउन खोज्दा ७ प्रतिशत भन्दा बढी ब्याजदर माग भएपछि सबै रकम ऋण उठाउन सकेको थिएन् ।

चालू आर्थिक वर्षमा राष्ट्र बैंकले विकास ऋण पत्र बिक्री गर्दा ४ पटक आन्तरिक ऋण उठाइसकेको छ । साउन १९ गने पनि १० अर्ब रुपैयाँको विकास ऋण पत्र विक्रीमा राखिए पनि राष्ट्र बैंकले निर्धारण गरेको ६.५ प्रतिशतको ब्याजदरमा ४ अर्ब १६ रुपैयाँ बराबरको प्रस्ताव पेश भएको थियो ।

यस्तै, साउन २८ गते पनि १० अर्ब रुपैयाँ विकास ऋण पत्र बिक्री गर्न खोज्दा ७ प्रतिशतको ब्याजदरमा ६ अर्ब ९० करोड रुपैयाँ मात्रै बिक्री भएको थियो ।

साउन ३२ गते राष्ट्र बैंकले ५ अर्ब ८४ अर्ब रुपैयाँका विकास ऋणपत्र विक्रीमा राख्दा ब्याजदरमा कुरा नलिलेपछी उक्त आह्वान नै रद्द गरेको थियो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षम पहिलोपटक आह्वान गरे बराबर नै विकास ऋणपत्र बिक्री गर्न सकेको हो ।

चालू आर्थिक वर्षको भदौं २५ गतेसम्म विकास ऋणपत्र बिक्री गर्दै सरकारले २७ अर्ब ८६ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।

राष्ट्र बैंकले अहिलेसम्म औषतमा ६.९३ प्रतिशत ब्याजदर तिर्दै आन्तरिक ऋण उठाएको हो ।

1550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?