जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको हो । 

कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुगेको छ । भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराई बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बैंकले कोषमा सहयोग गरेको छ ।  

नेपाल बैंक लिमिटेड, सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीज्यूले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, बालुवाटारमा आज आयोजित एक कार्यक्रममा रू. ५० लाखकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष हस्तान्तरण गरेका छन् । नेपाल बैंक लिमिटेडबाट भूकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रधानमन्त्री दाहालले बैंक परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।  

1355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका