जोडिनुहोस
सोमवार, मंसिर २५, २०८०
सोमवार, मंसिर २५, २०८०

हालको खबर

  • होमपेज
  • ग्लोबल सेभेनले ल्यायो इकोविट फेस्टिभल भाइब्स स्किम, आकर्षक नगद छुट

ग्लोबल सेभेनले ल्यायो इकोविट फेस्टिभल भाइब्स स्किम, आकर्षक नगद छुट

ग्राहकको चाहनालाई मध्यनजर गर्दै ग्लोबल सेभेन प्रालिे यही भदौ १५ गतेदेखि भदौ मसान्तसम्मका लागि इकोविट फेस्टिभल भाइब्स स्किम लागू गरेको छ।

यो स्किमअन्तर्गत कम्पनीले इकोविट ब्रान्डका हरेक मोडेलको नगद खरिदमा रु. ११ हजार छुटको व्यवस्था गरेको छ। यसका साथै १ वर्षको करसमेत कम्पनीले नै तिरिदिने छ। हरेक स्कुटरका साथमा एउटा हेलमेटसमेत निःशुल्क दिइने कम्पनीले जनाएको छ।

यो स्किमका साथै कम्पनीले फाइनान्स र एक्सचेन्जको समेत सुविधा दिएको छ। फाइनान्स र एक्सचेन्जमा भने यो स्किम लागू हुने छैन।

ग्राहकले कुनै पनि इकोविटका स्कुटरहरु खरिद गर्दा न्यूनतम ३० प्रतिशत डाउनपेमेन्टमा ७० प्रतिशतसम्मको फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन्। अधिकतम १८ महिनासम्मको सरल किस्तामा शून्य प्रतिशत ब्याजदर लागू हुनेछ।

त्यस्तै ग्राहकसँग भएको कुनै पनि पुरानो पेट्रोलियम स्कुटर तथा बाइकसँग नयाँ इकोविट विद्युतीय स्कुटर साटेर लैजान सक्नेछन्। त्यसका लागि कम्पनीले ग्राहकको पुरानो साधनको उत्कृष्ट मूल्य दिने जनाएको छ।

पहिलो चरणमा कम्पनीले इकोविट ब्रान्डका विभिन्न ४ मोडेलका स्कुटरहरु नेपाली बजारमा उपलब्ध गराएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका