जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कर्जाको ब्याजदर घटाउने गरी मौद्रिक नीतिकाे समीक्षा, घट्यो बैंक दरदेखि नीतिगत दरसम्म

कर्जाको ब्याजदर घटाउने गरी मौद्रिक नीतिकाे समीक्षा, घट्यो बैंक दरदेखि नीतिगत दरसम्म

नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर घट्नेगरी मौद्रिक नीतिको त्रैमासिक समिक्षा गरेको छ । पछिल्लो समय उच्च ब्याजदरका कारण अर्थतन्त्र चलायमान हुन नसकेको गुनासो बढिरहेको बेलामा राष्ट्र बैंकले कर्जाको ब्याज घटाउनेगरी उक्त समिक्षा गरेको हो ।

समिक्षामार्फत राष्ट्र बै.कले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत कायम गरेको छ । केन्द्रिय बैंकले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दर घटाएको बताएको छ ।

यस्तै केन्द्रिय बैंकले नीतिगत दरलाई पनि एक प्रतिशत विन्दुले घटाएको छ । हाल ६.५ प्रतिशत रहेको नीतिगत दरलाई घटाएर ५.५ प्रतिशत झारेको छ । यस्तै निक्षेप संकलन बोलकबोल दरलाई पनि ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको राष्ट्र बैंकद्वारा जारी मौद्रक नीतिको समीक्षमा उल्लेख छ ।

3900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका