जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बैंकमा पैसा थुप्रियो, आजै २५ अर्ब खिच्दै राष्ट्र बैंक 

बैंकमा पैसा थुप्रियो, आजै २५ अर्ब खिच्दै राष्ट्र बैंक 

नेपाल राष्ट्र बैंकले बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेको बेला केन्द्रिय बैंकले दुई साता अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत रकम खिच्न लागेको हो ।

बिहीबार आज जारी हुने उक्त निक्षेपको पुस ५ गते परिपक्व हुनेछ । केन्द्रिय बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । इच्छुक कु, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले २०८० मंसिर २१ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ ।

इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने केन्द्रिय बैंकले जनाएको छ ।

अहिले बजारमा ५ खर्ब रुपैयाँअधिक लगानीयोग्य रकम तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । अहिले बजारमा भारित औसत अन्तर बैंक दर १.०३ प्रतिशत रहेको छ ।

855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका