जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • दिव्य शान्ति सहकारीका अध्यक्षसहितले ठगे ३ करोड ३५ लाखः श्रीमती प्रबन्धक, साली व्यवस्थापक

दिव्य शान्ति सहकारीका अध्यक्षसहितले ठगे ३ करोड ३५ लाखः श्रीमती प्रबन्धक, साली व्यवस्थापक

दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको ३ करोड ३५ लाख ७७ हजार ७८३ रुपैयाँ ठगि भएको छ ।

५० बचतकर्ताको उक्त रकम सहकारीका अध्यक्ष लगायत सञ्चालकले ठगेर फरार भएको भन्दै बचतकर्ता अदालत पुगेका छन् । उक्त सहकारी पारिवारिक रुपमा चलेको देखिएको छ ।

सहकारी परिवार भित्रका सदस्यले चलाउने र बचतकर्ताबाट संकलन गरेको पैसा सहकारीका अध्यक्ष लगायत सञ्चालकले मनोमानी ढंगले अपचलन गर्ने गरेको पाइएको हो ।

सहकारीका अध्यक्ष कृष्ण महर्जन, उपाध्यक्ष अशोक महर्जन, कोषाध्यक्ष सुनिल महर्जन, सचिव रेखा महर्जन, सदस्य सिरु श्रेष्ठ, सदस्य दिव्यश्वरी महर्जन र सहकारीको व्यवस्थाक अञ्जला महर्जन रहेका छन् ।

काठमाडौं महानगरपालिका–१८ नरदेवीमा रहेको उक्त सहकारीले बचतकर्ताले रकम माग्न पटक पटक जाँदा तिर्न आलटाल गरेको पीडितको भनाइ छ ।

उक्त सहकारी संस्थाका अध्यक्ष कृष्ण महर्जनले आफुखुसी सञ्चालन गर्दा बन्द भएको बताइएको छ ।

सहकारीकी सचिव रेखा महर्जनका अनुसार संस्थाको सम्पूर्ण ब्यबस्थापन लेखा हिसाब तथा लेखा समितिको कार्यहरु अध्यक्ष महर्जनले श्रीमती अञ्जला महर्जन र साली अञ्जली महर्जनले गर्ने गरेका थिए ।

अध्यक्ष महर्जनले साली अञ्जलीलाई लेखापालको रुपमा समेत नियुक्ति गराएका र सम्पूर्ण जिम्मेवारी दिइएको सचिव महर्जनको भनाइ छ । कृष्ण महर्जन सहकारीमा सुरुदेखि नै अध्यक्ष थिए ।

850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका